काठमाडौं । ताप्लेजुङमा छैटौं वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिने भएको छ। आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो।
पूजा कार्यक्रमका अध्यक्ष धर्म गुरु फुपु छेम्बे शेर्पा (थुप्तेन जिग्ड्रोल) का अनुसार,पुजामा परम श्रद्धेय कुन्दोलिङ ताक्छक रिन्पोछेज्यूको प्रमुख सानिध्यता रहनेछ। साथै, विभिन्न टुल्कु रिन्पोछेहरू तथा करिब २०० जना लामा गुरुहरूको समुपस्थितिमा हुने भएको छ।
कार्यक्रम अवधिभर आचार्य पद्मसम्भवका मन्त्र जप गरिनेछ।
उक्त कार्यक्रम चैत २२ देखि २५ गतेसम्म ताप्लेजुङ नगरपालिका-९, सुकेटारमा आयोजना हुनेछ।
