
विभिन्न जातीय भेषभूषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज बिहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् । जिल्लाको गाउँ–गाउँबाट बिहीबारे हाट भर्न बजार आउनेको घुइँचो छ । पञ्चैवाजाको तालमा विभिन्न भेषमा सजिएका युवायुवतीको सामूहिक नाचले सदरमुकामको रौनक बेग्लै बनाएको छ ।
ठुलो सङ्ख्यामा बाउसे, रोपाहार, गोरु, हली अनि साथमा रोपाइँको अभिनय गर्ने महिलाको समूह प्रदर्शनमा उत्रेको छ । जनैपूर्णिमा अनि गाईजात्रापछिको बिहीबारे हाटका दिनलाई इलामेहरूले हरेक वर्ष चाडका रूपमा मनाउछन् । नेवार समुदायले विशेषगरी मनाउने जात्रामा नेवार मात्र नभई, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, मगर आदि समुदायको पनि त्यत्तिकै सहभागिता रहन्छ ।
करिब सय वर्षदेखि पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा लगायतका जिल्लामा यो जात्रा मनाइने गरेको इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा इतिहासकार युद्धप्रसाद वैद्यले बताए । ‘यो जात्राको नेवारी समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यत्तिकै महत्त्व छ । जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रालाई लिने गरिन्छ’ वैद्यले भने, ‘यो पूर्वको महत्त्वपूर्ण र पुरानो संस्कृति हो ।’
नेपाल भाषा तथा संस्कृति समाज इलामले प्रत्येक वर्ष जात्राको आयोजना गर्दैआएको छ । समाजका ७०–८० जना कलाकारले रोपाइँको अभिनय गर्ने गर्छन् । जात्रामा विभिन्न किसिमबाट सङ्कलित रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक संस्थाले जनाएको छ । जात्रा हेर्न इलामलगायत, पाँचथर, झापा, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकबाट आउने गरेको स्थानीयको भनाइ छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय