
नवलपरासी पश्चिम । नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका हुन् ।
यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी र गण्डकी प्रदेशलाई संयुक्त रूपमा धार्मिक पर्यटकीय गन्तव्यलाई एक आपसमा जोड्न आवश्यक रहेको बताए । त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट रथयात्रा सुरु गरिएको हो । उक्त रथयात्रा आगामी चैत्र २२ गते मुक्तिनाथ क्षेत्रसम्म पुग्ने छ । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्प अनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्ने छ ।
नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति श्रीगजेन्द्रमोक्ष दिव्यधाम र श्रीसर्वसद्धिधिाम पञ्चकोट विकास परिषद् श्री गण्डकी महासभाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू