काठमाडौं, काठमाडौं उपत्यकाका प्राचीन स्तूप र चैत्यहरूको इतिहास समेटिएको ‘स्तूप र चैत्य’ पुस्तक पुनः प्रकाशित भएको छ। लेखक सुमति वज्राचार्य द्वारा लिखित यो पुस्तक १७ वर्षपछि परिमार्जनसहित पुनः बजारमा आएको हो।
पुस्तकमा पुरातात्त्विक अनुसन्धानका पछिल्ला तथ्यहरू, नयाँ फोटोग्राफहरू र परिमार्जित सामग्री समावेश छन्। मुगुम पब्लिकेसन प्रा.लि. ले सम्पदा संरक्षण र अध्ययनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसलाई पुनः ल्याएको हो।
नेपालमा सम्पदा संरक्षणको चुनौती बढ्दै गएको छ। थुप्रै पुराना चैत्यहरू जीर्ण छन्। कतिपय पुनःनिर्माण गर्दा मौलिकता गुम्ने खतरा छ। यस्ता पुस्तकहरू अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत बन्न सक्छन्।
प्रकाशकका अनुसार, पुस्तकले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदा संरक्षणमा रुचि राख्नेहरूलाई सघाउनेछ। बजारमा उपलब्ध यो पुस्तक सम्पदा अध्ययनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।