
काठमाडौं । इरान युद्धमा तनाव निकै बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन्। सिएनएनका अनुसार ट्रम्पले पुटिनलाई राम्रो मान्छे भन्दै टेलिफोन मार्फत संवाद गरेको एक सार्वजनिक कार्यक्रममा बताएका छन्।
इरानसँगको युद्ध सोचेभन्दा कैयौं गुणा महंगो सावित भएपछि यतिबेला अमेरिका इतिहासकै अत्यन्तै कठिन अवस्थाको सामना गरिरहेको छ। इरानका सर्वाेच्च नेता अली खामेनी मारिएपछि उनकै छोरा मोज्तबा खामेनी सर्वाेच्च नेता बनेका छन्।
इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडामा शक्तिशाली प्रहार गरी त्यहाँ भएका उन्नत प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारिदिएपछि ट्रम्पले पुटिनलाई फोन घुमाएका हुन्। प्रतिरक्षा प्रणाली ध्वस्त र कमजोर हुँदै जाँदा इरानले प्रहार गरेको मिसाइल रोक्न गाह्रो हुँदै गएपछि ट्रम्प चिन्तामा परेका छन्। अमेरिका भित्रै पनि इरान–अमेरिका युद्धले अमेरिकालाई नै ठूलो क्षति हुने भन्दै विरोध भइरहेका छन्।
इरानले कडा प्रतिरोध जारी राखेपछि अमेरिका मध्यपूर्व सकिने वा आफ्नो साम्राज्य कायम राख्ने भन्ने लडाईंमा छ। हिजो भएको वार्तामा पुटिनसँग युक्रेन युद्ध र इरान युद्धको बारेमा छलफल भएको जनाइएको छ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय