
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।
वडा कार्यालयको पहलमा ‘गंगाखोला संरक्षण श्रमदान’ अभियानमार्फत गंगा खोला आसपासमा वृक्षपरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए। यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ ।
“श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भने,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गंगा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्त्व रहेको वडाध्यक्ष आचार्यले बताए। यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।
गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताए । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उनको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ । वडाका स्थानीयबासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिए । ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरू आउने अध्यक्ष राईले जानकारी दिए।
अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उनले जानकारी दिए । यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उनले जानकारी दिए। यहाँ माघे सङ्क्रान्ति भव्य मेला लाग्ने गरेको छ ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण