
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा उल्लेख् सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अविधिमा बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
यो अवधिा बैंकको आय आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज समेत घटेका कारण नाफा बढ्न टेवा पुगेको हो । गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि १ अर्बबढी रुपैयाँले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ।
बैंकको कुल सञ्चालन आम्दानी पनि गत वर्ष ६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष ६३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर २७ करोड रुपैयाँमा झरेको छ । बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहकोमा चालू आवमा बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
१२ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको सेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशत कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ ।












समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा