
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र बेङ्गलुरु विजयी भएका छन् । गत राति सकिएको खेलमा मुम्बुइले चेन्नई सुपर किङ्सलाई ९ विकेटले हरायो भने बेङ्गलुरुले पन्जाब किङ्ग्स हराएको हो ।
हिजो भएको दोस्रो खेलमा चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य पछाएको मुम्बईले १५ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । मुम्बईको जीतमा रोहित शर्माले अविजित ७६ रन बनाए । यस्तै सूर्य कुमार यादवले पनि अविजित ६८ रन जोडे ।
चेन्नईका रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि वाङखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । चेन्नईका रविन्द्र जडेजाले ५३ रन बनाए । यस्तै शिवम दुबेले ५० रन जोडे । मुम्बईका जसप्रित बुम्राहले २ विकेट लिए ।
योसँगै मुम्बईको यो चौथो जीत भएको छ । मुम्बई ८ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ । चार अङ्कसहित अङ्क तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो ।
यसैबीच हिजो भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पन्जाब किङ्ग्सलाई ७ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभर ५ मा तीन विकेट गुमाउँदै १ सय ५९ रन बनायो । बेङ्गलुरुका विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । यस्तै देवदत्त पडिक्कलले ६१ रन जोडे । पन्जाबका अर्शदीप सिंह, हरपित ब्रार र युजवेन्द्र चाहलले समान एक विकेट लिए । मुल्लनपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पन्जाबका डेभिड पाण्ड्याले ३३ रन बनाए । सुयस शर्मा र क्रुनाल पाण्ड्याले समान २ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा १० अङ्कसहित बेङ्गलुरु तेस्रो स्थानमा फर्किएको छ । समान अङ्क रहेको पन्जाब चौथो स्थानमा छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो