
काठमाडौं । सगरमाथा आरोहणलाई व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । विभागका निर्देशक लीलाधर अवस्थीले वसन्त ऋतुको सगरमाथा आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक समन्वयका लागि अस्थायी कार्यालय स्थापना गरिएको जानकारी दिए ।
विभागले अघिल्लो वर्षदेखि आरोहणलाई लक्षित गरी कार्यालय स्थापना गर्दै आएको छ । यसपटक पनि वसन्तयामको आरोहण अनुमगन, रिपोर्टिङ र समन्वयका लागि फिल्ड कार्यालय स्थापना गरिएको निर्देशक अवस्थीले बताए । सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृतसमेत खटाउने गरेको छ । फिल्ड कार्यालयले प्रभावकारी अनुगमनका साथै अनुमति प्रमाणीकरण, नियमन, रिपोर्टिङ प्रोटोकल, आपतकालीन समन्वय, मुद्दा समाधान, फोहर व्यवस्थापन निरीक्षणलगायत काम गर्नेछ ।
निर्देशक अवस्थीका अनुसार कार्यालयमा पाँच जना सम्पर्क अधिकृत रहनेछन् । यसमा विभागका दुई जना र नेपाल पर्वतारोहण संघ र सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि रहनेछन् । साथै हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर स्थापना गरेर प्राथमिक उपचारको व्यवस्था गर्नेछ ।
सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका तीन सय ७४ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणवापत रु ६४ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ५५ करोड रोयल्टी उठेको विभागले जनाएको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने