
काठमाडौं । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने भएको हो ।
साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज सगरमाथा संवाद सचिवालयले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सञ्चालन गर्न स्वीकृत दिएको छ । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा उत्साहित भएको बताइन् ।
सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थानी, चर्चित आरोहीहरु कामारिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहितलगायतको सहभागिता हुने उनले जानकारी दिइन् । आरोही सम्मेलनमा जलवायु परिवर्तनका कारण गत वर्ष थामेमा हिमपहिरो गई समस्यामा परेका पीडितको सहभागिता रहने आयोजकले जनाएको छ । यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) सहितका सङ्घसंस्था सहआयोजकका रुपमा छन् । नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू