
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र ३४ गते ४७औँ साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनी संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । यस अगाडि संघमा उपाध्यक्ष र कार्यसमिति सदस्य रहेर काम गरिसकेको अनुभव पनि उनीसँग छ । नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्य भएर काम गरिसकेका छन् ।
वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकाले आफू अध्यक्षको स्वाभाविक दाबेदार रहेको महर्जनले बताएका छन् । संघमा लामो समयदेखि आबद्ध रहँदै आएका उनी उद्योगी–व्यवसायीका हकहित र व्यावसायिक सुरक्षाका लागि निरन्तर सक्रिय रहँदै आएका छन् ।
‘संघमा आबद्ध सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूको माया, साथ र विश्वास प्राप्त हुनेमा म पूर्ण रूपमा विश्वस्त छु,’ महर्जनले भने, ‘निजी क्षेत्रका समस्या र आवाजलाई तीनवटै तहका सरकारका साथै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघसम्म सशक्त रूपमा पु¥याएर तिनको व्यावहारिक समाधान खोज्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’
सफल उद्यमीको पहिचान बनाएका महर्जन महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन् । उनी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन र प्रिकास्ट कन्क्रिट सोलुसन नेपाल लगायतका थुप्रै व्यावसायिक प्रतिष्ठानहरूमा सम्बद्ध छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व