
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ । ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको बताइएको छ ।
त्यस अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए । उनले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफु विश्वस्त रहेको बताउँदै आउने दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।
‘नेपाल सन् २०२६ मा अतिकमविकसित देशको श्रेणीबाट स्तरोन्नती हुँदैछ, त्यसपछि नयाँ व्यापार नियमहरू लागू हुनेछन् । यसले हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीहरूमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रो लागि सहयोगको खाँचो छ’ उनले भने ।
उनले नेपाल जस्ता देशहरुको लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपायहरू अबलम्बन गर्नु पर्ने विषयलाई आइएलओले अन्तर्राष्ट्रिय छलफलहरूमा उठाउनु पर्ने धारणा राखे ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे । यस्तै उनले यस वर्षको आइएलओ प्रतिवेदनलाई स्वागत गर्दै भने, ‘यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना—यी सबै कुराहरू नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।’
उनले श्रमिक संगठनहरूसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्चहरू स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रहरूमा हस्ताक्षर गरेको, र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासहरूलाई उल्लेख गरे ।
अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गरे ।
यस्तै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सीप, तथा जलविद्युत, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गरे ।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन