
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सेयर बजार आज ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।
लगातार ६ दिनको ओरालो यात्रामा पूर्ण विराम लगाउँदै सेयर बजारमा आज सामान्य सुधार भएको हो । आज सेयर बजारमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ ।
परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ७५ करोड माथिको मात्रै कारोबार भएको छ । आज ३३१ कम्पनीका ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व