
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक ७ अंकले घटेको छ । बिहीबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ७ दशमलव ३३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५८८ दशमलव ६२ विन्दुमा पुगेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार कारोबार हुने अन्तिम दिन पनि राताम्य भएर बन्द भएको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३९ अंकले घटेर ४३६ दशमलव ६२ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८८ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ७० हजार ६३४ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो ।
सेयर बजार घटे पनि आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित