
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको उक्त लघुवित्त संस्थाले व्यवस्थापकीय नेतृत्वलाई थप सक्षम, प्रभावकारी र व्यावसायिक बनाउने उद्देश्यले रिक्त रहेको डेपुटी सीईओ पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
आवेदकले व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, वाणिज्य, तथ्याङ्कशास्त्र, प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्यानुभव वा सोही विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको अधिकृत वा सोभन्दा माथिल्लो तहमा कम्तीमा १० वर्षको कार्यानुभव प्राप्त गरेको हुनुपर्नेछ।
त्यस्तै, आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर कम्तीमा ४० वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने संस्थाले जनाएको छ।
आवेदनसँग शैक्षिक योग्यता, कार्यअनुभव, इमेल र मोबाइल नम्बर उल्लेख गरिएको हस्ताक्षरसहितको विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) तथा एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। संस्थाले प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र vacancy.aclbsl@gmail.com इमेलमार्फत आवेदन पेश गर्नुपर्नेछ।
आरम्भ चौतारी लघुवित्तले हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १३४ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।












समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक