काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’