
काठमाडौं । भारतीय टेष्ट टोलिका कप्तान रोहीत शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिए । इग्ल्याण्ड भ्रमणमा कप्तान परिवर्तन हुने र आफू खेलाडीका रुपमा मात्रै जानु पर्ने अवस्था देखे पछि शर्माले रातो बल क्रिकेटबाट विदा लिने निर्णय गरे ।
छनोट कर्ताहरुले खेलाडीका रुपमा मात्रै इग्ल्याण्ड लैजाने र त्यस पछि विस्तारै विस्तारै विस्तापित गर्ने अवस्था देखे पछि रोहीतले रातो बल क्रिकेटलाई बिदाइ गर्ने अवस्थामा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । रोहीत पछिल्लो समय रातो बल क्रिकेटमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । जसका कारण उनलाई अष्ट्रेलिया विरुद्धको अन्तिम खेलमा बेन्चमा राखिएको थियो । जसका कारण उनको भविष्यकाका विषयलाई लिएर निकै चार्चाहरु पनि भएका थिए ।
तर च्याम्पियन ट्रफिको उपाधि जिताए पछि उनले लामो संरचनाको क्रिकेट खेल्ने बताएका थिए । र एक दिवसीय क्रिकेटबाट सन्यास लिने अनुमानका बीच उनले उक्त संरचनामा खेल्ने बताएका थिए । टि–२० क्रिकेटबाट भने उनले सन्यास लिइसकेका छन् । अब उनी भारतीय टोलिको एकदिवसीय क्रिकेट जर्सिमा मात्रै देखिने छन् । जहाँ उनी टिमको कप्तानी गर्नेछन् । उनको सन्यास पछि अब भारतीय टोलीको कप्तान को बन्छ भन्ने चर्चा सुरु भएको छ ।
अहिले आइपीएल जारी रहेको छ । आइपीएल अन्तिम चरणमा पुगेको छ । यस पछि भारतीय टोली इग्ल्याण्ड भ्रमण जाने छ । उक्त भ्रमणमा भारतीय टोलीको नेतृत्व कसले गर्ला भन्ने चासो बढेको छ । अहिले उपलब्ध रहेका खेलाडीमध्ये भारतीय कप्तान बन्ने लाइनमा शुभमन गिल रहेका छन् ।
युवा र लामोसमय क्रिकेट खेल्ने सम्भावना रहेकाले उनको कप्तान बन्ने सम्भावना सबै भन्दा धेरै रहेको छ । त्यस्तै जसप्रित बुम्रा पनि कप्तान बन्न सक्ने देखिन्छ । तर उनी तिब्रगतिको बलर रहेको र इग्ल्याण्ड भ्रमणका सबै ५ खेल खेल्न नसक्ने भएकाले पनि उनको कप्तान बन्न सक्ने सम्भावना केही कम रहेका छ ।
त्यस्तै भारतले लोकेश राहुललाई पनि कप्तान बनाउन सक्ने सम्भावना रहेको छ । उनी अहिले निकै राम्रो लयमा रहेका छन् । त्यस्तै लामो समयदेखि भारतीय टेष्ट टोलिमा नरहेका श्रयस अयर पनि कप्तानको हुने लाइनमा रहेका छन् ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने