सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । शुक्रबार नेपाल बजारमा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार