काठमाडौं । नेपाल शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशन भोलि हुने भएको छ । संघको दोस्रो अधिवेशन भोलि (शनिबार) काठमाडौंको जोरपाटीमा आयोजना हुने भएको हो ।
अधिवेशनको उदघाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने अध्यक्ष आङ्छिरी शेर्पाले जानकारी दिए ।
