
काठमाडौं । गत आर्थिक वर्षमा नबिल बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा बढेको हो ।
प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको खुद नाफा करिब ८ अर्ब नजिक रहेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ । यस्ताो आम्दानी अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा १६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ । जसले खुद नाफा उकास्न मुख्य योगदान पु¥याएको छ । त्यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकले सेयरधनीहरूका लागि आकर्षक लाभांश दिन सक्ने बलियो वित्तीय आधार कायम गरेको छ । नियमनकारी समायोजनहरू पश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र असार मसान्तसम्मको समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ । यस अनुसार साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कुल सम्पत्तिको आकार ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ (जसमा ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर समेत समावेश छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको बैंकले वित्तीय कार्यसम्पादनमा निकै मजबुत नतिजा ल्याएको छ । खराब कर्जा घटेर ४.२० प्रतिशतमा आउनु, नेट एनपीएल ०.५८ प्रतिशतमा सीमित हुनु, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा पुग्नु र ५.१६ अर्ब वितरणयोग्य मुनाफा कायम हुनुले सेयरधनीहरूका लागि आगामी दिनमा आकर्षक प्रतिफल प्राप्त हुने स्पष्ट संकेत गर्दछ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया