
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।












समाचार
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
होर्मुज खोल्ने प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट
डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए