काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ४५ करोड माथि माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४५ कराड ३६ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २४.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ रहेको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ९५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ५०.७१ प्रतिशतले बढेको हो ।
कम्पनीको आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७.१६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
यसअवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोष १२.०५ प्रतिशतले बढेर २१ करोड ९ लाख रुपैयाँ र जगेडा कोष ३७.७६ प्रतिशतले घटेर ६८ करोड ४८ लाख रुपैयाँ सन्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ ।