
काठमाडौं । गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेशप्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर झन् झन् बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ९ हजार ३७ मत पाएका छन्। उनी सुरुदेखि नै अगाडि छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेसम्म पाँच हजार आठसय २८ मत पाएका छन्। थापा सुरुवातदेखि नै सिंहसँग पछाडि परेका छन्। यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले १ हजार ४२२ मत पाएका छन् भने कम्युनिस्ट पार्टी (नेकपा)का रजनिश रायले ४६१ मत पाएका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीका राकेशकुमार मिश्रले ५११ मत पाएका छन्।
सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद