
बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् । हालसम्म गणना भएको मतअनुसार महरले १३ हजार ५२७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार २९९ ल्याउँदै उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (९नेकपा) का मीनबहादुर कुँवरले ८ हजार ३०३ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले ७ हजार ४१६ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।
बझाङका आठ वटा पालिको मत गणनामा १ हजार २२८ मतले एमाले उम्मेदवार महरले अग्रता बनाइरहेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका एमाले उम्मेदवार महरले यसपटक भने सुरुवातबाटै अग्रता बनाइरहेका छन् ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द