
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल महासभामा सहभागी हुने जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल तथा महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ ।
मन्त्री खनालका अनुसार महासभामा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषय उठाइनेछ । नेपालको सहभागिता अन्तर्राष्ट्रिय मञ्चमा मुलुकका प्राथमिकता र कूटनीतिक विषय प्रस्तुत गर्ने अवसरका रूपमा रहने उनले बताए ।
समितिको बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तका विषयमा विज्ञहरूसँग समेत छलफल भएको थियो ।
बैठकमा पछिल्लो समय नेपालले भोगेका विपद्का घटनालाई समेत दृष्टिगत गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको थियो ।
मन्त्री खनालले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ।’












समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?