काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा उलेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको ९ महिनामा ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ११.५५ प्रतिशतले घटेको हो ।
यता, कम्पनीको आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर १ अर्ब ७२ करोडरुपैयाँ पुगेको छ । खर्च भने ४८ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोष ११.८९ प्रतिशतले बढेर ७ करोड ८२ लाख रुपैयाँ र जगेडा कोष २१.०७ प्रतिशतले घटेर २४ करोड ५ लाख रुपैयाँ सन्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३७५.५० रुपैयाँ रहेको छ ।