
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ९.१८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ । ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह