नेको इन्स्योरेन्सको नाफा ३ट्याे

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा करिब ३७ करोड पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३६ करोड ९३ लाख रूपैयाँ खुद नाफा कमाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीको नाफा २.१६ प्रतिशतले कम हो । यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ३७ करोड ७४ लाख रूपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिकसम्ममा कम्पनीले १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष १४.३९ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशतले वृद्धि हुँदा कुल खर्च १२.२९ प्रतिशतले बढेको छ। कुल आम्दानी १ अर्ब ६४ करोड रूपैयाँबाट बढेर १ अर्ब ७६ करोड रूपैयाँ पुग्दा कुल खर्च १ अर्ब ९ करोडबाट बढेर १ अर्ब २३ करोड नाघेको छ । २ अर्ब १ करोड २३ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा करीब २ अर्ब २१ करोड रूपैयाँ, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रूपैयाँ र जगेडा कोषमा ६७ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५.०१ रूपैयाँबाट ५४ पैसाले घटेर २४.४७ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २६७.४० रूपैयाँ रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार