काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज देखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको हाे ।
यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० रुपैयाँ हुने निगमले जनाएको छ ।
