लगानीकर्ताको सुरक्षा नै मेरो पहिलो प्राथमिकता : सेवोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै लगानीकर्ताको सुरक्षा रहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ नाफिजको नयाँ कार्यसमितिसँगको भेटका क्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

पुँजी बजार निकै ठूलो मार्केट भएको भन्दै यो क्षेत्रमा लागेका लगानीकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ थियो । ठूलो क्षेत्र भएकाले यहाँबाट रोजगारी सिर्जनादेखि अर्थतन्त्रमा पनि टेवा पुग्ने भएकाले यसको विकास र विस्तारमा ध्यान दिनुपर्ने उनले बताए । ‘सेवोन नियामकीय निकाय हो । यसले सबै लगानीकर्ताको सुरक्षालाई मुख्य प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

बोर्ड अहिलेसम्म पनि भाडाकै घरमा बसिरहेको अवस्थामा आफ्नै भवन बनाउनेतर्फ पनि आफूले काम गरिरहेको उनको भनाइ छ । दक्ष जनशक्ति र प्रविधिको प्रयोग गरेर पुँजी बजारमा देखिएका समस्याहरुलाई समाधान गर्नेतर्फ आफू लागिरेहेको उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार