काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।
आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड मार्फत सो सुविधा दिईनेछ ।
सो ग्रुपको नेपालभरिका सबै किसिमका होटलहरुका रुम सर्भिस (बिएण्डबि) मा २५ प्रतिशत र फुड एण्ड बेभरेजमा १२ प्रतिशत तथा सभा समारोह तथा क्याटरिङमा स्पेशल डिस्काउण्ट हुनेछ । संघकी टुरिजम कमिसनकी कोअर्डिनेटर कमला आचार्य, एडमिन तथा मोविलिटी म्यानेजर किरण धिताल, तथा टुरमाण्डु नेपालका मिलन पन्त र सागर आचार्यको समेत उपस्थितिमा सम्पन्न सम्झौताले दुवै पक्षको संस्थागत र व्यवसायिक प्रर्वद्घनमा थप टेवा पुग्नेछ ।
नेपाली मोटरस्पोटर््स, अटोमोबाईल, मोविलिटी तथा ड्राईभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा संलग्न विभिन्न व्यक्रित, क्लब, कम्पनि तथा तिनका परिवारका सदस्यहरुले समेत सो छुट पाउनेछन् । संघको टुरिजम कमिसनको समन्वयमा टुरमाण्डु नेपालले संघको हस्पीटालिटी, ट्राभल टुरिजम तथा मोविलिटी र मेम्वर्स प्रिभिलेज लगायत को व्यवस्थापन गर्नेछ ।
आजको सम्झौताले नेपाली अटोमोवाईल तथा खेलकूद क्षेत्रमा समेत सिद्घार्थ गु्रपको व्यवसायी छवि वृद्घि हुनेछ । ट्राभल र टुरिजमका अन्य क्षेत्रमा समेत यस किसिमका सम्झौता गरी आफ्ना सदस्यहरुलाई सेवा दिने योजना संघको रहेको छ ।