
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उलेख्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.३७ प्रतिशतले नाफा बढेको हो ।
गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ । आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी समीक्षा अवधिमा ९४ करोड ८१ लाख रुपैयाँबाट ९.७६ प्रतिशतले बढेर १ अर्ब करोड ४ करोड ६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब १२ करोड ४३ लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब १९ करोड २० लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि आएको कारण समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २९ करोड ३४ लाख रुपैयाँबाट १३९.३१ प्रतिशतको भारी वृद्धि सहित ७० करोड २३ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । आम्दानी र मुनाफामा वृद्धि भएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३०.४९ रुपैयाँबाट बढेर ५०.६५ रुपैयाँ कायम हुन पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ५.९८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २६६.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.९२ गुणा र तरलता अनुपात ९.९२ प्रतिशत रहेको छ।
चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ३९ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको सम्पत्तिको कुल मूल्य ३१ अर्ब ३५ करोड ५८ लाख रुपैयाँभन्दा माथि रहेको छ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज