काठमाडौं । आठौं यूएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा र यूथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा युवा वोर्कशप तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एफआइए सेफ एण्ड सस्टेनेभल मोविलिटि ग्रान्टको सहयोग तथा बागमती अटोमोबाइल्स एसोसिएसन, नासा फाउण्डेसन नेपाल र रोटरी क्लब अफ चितवनको सहकार्य रहेको थियो ।
“Streets for Life – #MakeWalkingSafe #MakeCyclingSafe” थिम रहेको यस वर्षको रोड सेफ्टी विकको अवसरमा इन्जिनियरिङकका युवा विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस वोर्कसपमा सडक सुरक्षा र दिगो यातायतसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा प्रस्तुति गरिएको थियो । सहभागीहरूलाई सडक सुरक्षाको आधारभूत विषयहरु, सेफ्टी राइडिङ्ग इनिसियटिभ, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ्ग स्कूल, रोड सेफ्टी अडिटिङ, पैदल र साइकल यात्रीहरूको सुरक्षाजस्ता विषयमा प्रस्तुति दिइयो ।
साथै, मोविलिटि सिनारियो सर्भेमार्फत उनीहरूको यातायातसम्बन्धि धारणा र सुझाव संकलन पनि भयो । सहभागीहरूलाई स्टाण्डर्ट हेलमेटको प्रयोगबारे सचेत गराउँदै, मोटरसाइकल चालक र यात्रु दुवैले हेलमेट लगाउनुपर्ने आवश्यकता विशेष रूपमा प्रस्तुत गरियो । कर्यक्रमको समापनमा रोड सेफ्टी क्विजको पनि आयोजना गरिएको थियो, जसमा शुभलक्ष्मी परियार प्रथम र ओमकुमार चौधरी द्वितीय भए । विजेताहरुलाई बागमती अटोमोबाइल्स एशोसिएसनका कोषाध्यक्ष जनककुमार ढकाल र अक्सफोर्ड कलेजका लोमश अधिकारीले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई र यूथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताालले प्रस्तुति दिए । कार्यक्रमको शुभारम्भ गर्दै अक्सफोर्ड कलेजका प्रन्सिपल डा. हरि भण्डारीले युवाहरुको इन्जिनियरहरूको ज्ञान र संलग्नताले सडक सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनाले विश्वभर हरेक वर्ष १३ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ, जसबाट सबैभन्दा बढी १५–२९ वर्ष उमेरका युवा समुह प्रभावित हुन्छ । रोड सेफ्टी विकमा युवाहरूलाई नेतृत्व र अर्थपुर्ण सहभागीताले समाज तथा सडकमा सकारात्मक सुधार ल्याउने विश्वासका साथ यस वोर्कशप संचालन गरिएको हो ।

सहभागी युवाहरूले सडक नियमको पालना गर्ने, हेलमेट र सीट बेल्ट प्रयोग गर्ने, मोबाइल चलाउँदै गाडी नचलाउने, नशामा सवारी नगर्ने जस्ता व्यवहारहरूलाई आत्मसात् गरेर परिवर्तन आफैंबाट सुरु गर्ने प्रतिवद्धता पनि दिए । नेपाल अटोमोवाइल एसोसिएसनले अब विद्यालय, कर्पोरेट र क्लवलाई आवद्धता गर्दै अटोमोवाइल, मोविलिटि, टुरिजम र मोटरस्पोर्टस्मा थप क्रियाशिल हुने सन्दर्भमा इन्जिनियरिङ्ग क्षेत्रबाट यो अभियान सुरु गरिएको हो ।