
गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि पूर्णरुपमा बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु हुने भएको हुँदा कारण आगामी चैत १ देखि चैत ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएकोे हो ।
सडक डिभिजन कार्यालय पाल्पाको २०८२ फागुन २८ गतेको पत्रअनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकाले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
प्रशासनले सो सडक स्तरोन्नतिको काम गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमनका गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न आग्रह गरेको छ ।
सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सहयोगका लागि सरोकारवालालाई अनुरोध गरेको छ । प्रशासनले आज सार्वजनिक रुपमा सूचना जारी गरी उक्त सडक एक महिना २४सै घण्टा बन्द रहने जनाएको हो । सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रुपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै