
काठमाडौं । प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए ।
प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं आयोजक समितिका सचिव राजन भण्डारी बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख खर्च हुने अध्यक्ष सिवाकोटीले जानकारी दिए दुई दिने प्रतियोगिताका खेलहरु नागार्जुन–४ स्थित खोपाटोलमा खेलाइने छ । यसैगरी हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यससम्बन्धी सम्झौतापत्रमा अध्यक्ष सिवाकोटी र हृदय निकेतनका प्रिन्सिपल करणसिंह गोयलाले यसअघि नै हस्ताक्षर गरिसकेका छन् ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण