ला लिगा फुटबल : बार्सिलोनाले जित्यो २८औंपल्ट उपाधि

काठमाडौं । बार्सिलोनाले ला लिगा फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा एस्पान्योललाई २–० ले पराजित गर्दै बार्साले उपाधि पक्का गरेको हो ।

यो बार्साको २८औंपल्ट ला लिगाको उपाधि हो । जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पुगेको छ । जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा सात अंक बढी हो ।

बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गरे । यमलले ५३औं मिनेटमा गोल गरेका हुन् । लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार