
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी भएका छन् । हिजो भएको दोश्रो खेलमा राजस्थान रोयल्स्ले पञ्जाब किङ्ग्सलाई ५० रनले हराएको छ । राजस्थानले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको पञ्जाबले नौ विकेट गुमाएर एक सय ५५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि मुल्लनपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले चार विकेट गुमाएर दुई सय पाँच रन बनायो । जीतसँगै राजस्थान चार खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ । तीन खेलमा चार अङ्कसहित पञ्जाब चौथो स्थानमा छ । पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हरायो । दिल्लीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको चन्नईले पाँच विकेट गुमाएर एक सय ५८ रन मात्र बनाउन सक्यो ।
त्यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रन बनायो । लगातार तीन खेलमा जीत निकालेको दिल्ली छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको चेन्नई दुई अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व