सामान्य अ‌कले घट्यो नेप्से परिसूचक, कारोबार साढे १० अर्ब माथि

काठमाडौं । दिनभरिको उत्तार चढावका बीच सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । कारोबार खुल्नेबित्तिकै उच्च अंकले बढेर २७७१ दशमलव ४८ विन्दुसम्म पुगेको सेयर बजार परिसूचक अन्तिममा ७ दशमलव ९४ अंकले घटेर २६६९ दशमलव ५१ विन्दुमा पुगेको हो । इन्ट्राडेमा सेयर बजार परिसूचक १०१ दशमलव ९७ अंकले घटेको छ ।

गभर्नर नियुक्ति हुने दिन मंगलबार ४९ अंकले बढेको थियो । तर आज भने सेयर बजार घटेर कारोबार भएको हो । आज सेयर बजारमा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य भने बढेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १७ अंकले घटेर ४५० दशमलव ८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ परिसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।

परिसूचक घटेको दिन कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज १० अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा २१६ कम्पनीका २ करोड २९ लाख २० हजार २२५ कित्ता सेयर ८७ हजार ७११ पटक खरिद बिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार