
काठमाडौं । यो साताको पहिलो र तिहार अघिको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४३७.६० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्यमा सुधार देखिएको छ भने ३ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २८ हजार ७३७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो