सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, दैनिक कारोबारमा गिरवाट

काठमाडौं । यो साता सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । यो साता सेयर बजार परिसूचक गत साताको तुलनामा २.९४ प्रतिशतले बढेर बन्द भएको हो ।

गत साता २६११ दशमलव ८५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.९४ प्रतिशत अर्थात ७६ दशमलव ७० अंक बढेर २६८८ दशमलव ५५ विन्दुमा पुगेको छ । यो साता ५ कारोबार दिनका लागि खुलेको बजार ३ दिन बढेर कारोबार भएको थियो भने २ दिन परिसूचक घटेको थियो । त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स पनि १७ दशमलव ९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६ दशमलव ७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६ दशमलव ६२ अंक बढेको छ ।

नेप्से बढेपनि यो साता कारोबार रकम भने गिरावट आएको छ । गत साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको सेयर कारोबार भएको बजारमा यो साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत घटेको हो ।

यो साता दैनिक औषत सेयर संख्या ६.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १६.५३ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण भने करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब २९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यो साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ७.१८ प्रतिशत बढेको छ । गत साता १३०१ दशमलव ८२ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक, यो साता ९३ दशमलव ४२ अंक बढेर १३९५ दशमलव २४ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता अन्य र लघुवित्त उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढको छ ।

अंकका आधारमा यो साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १२ हजार ३२६ दशमलव ४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता २४१ दशमलव ८ अंक बढेर १२ हजार ५६८ दशमलव ३९ विन्दुमा पुगेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १.९७ प्रतिशत घटेको छ । गत साता ४३८९ दशमलव ३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता ८६ दशमलव ४९ अंक घटेर ४३०२ दशमलव ८६ विन्दुमा झरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार