
काठमाडौं । बिहीबार देशभर भएको मतदानको अहिले मतगणना जारी रहेको छ । मतगणनाको प्रारम्भिक नजितामा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिएको छ । तर, कर्णाली प्रदेशमा भने रास्वपा कमजोर देखिएको हो ।
देशभर रास्वपाको रुझान हुँदा कर्णाली प्रदेशमा मतगणना जारी रहेका ५ वटै क्षेत्रमा रास्वपा पछि परेको हो । १२ क्षेत्र रहेका कर्णाली प्रदेशका अहिले ५ क्षेत्रमा अहिले मतगणना जारी छ । ती पाँच वटा क्षेत्र मध्ये अहिलेसम्म कुनै क्षेत्रमा रास्वपा अघि लाग्न सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कालिकोटमा नेकपाको अग्रता छ। नेकपा महेन्द्रबहादुर शाहीले ४ हजार ६५६ मत ल्याउँदा कांग्रेसका हर्षबहादुर बमले ३ हजार ४०७ मत ल्याएर पछ्याइरहेका छन्।
एमालेका नगिन्द्र शाहीले ३ हजार १९४, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्माले २ हजार २९१ ल्याउँदा रास्वपाका प्रकाश न्यौपानेले ६७८ मत ल्याएका छन्। जुम्लामा पनि रास्वपा कमजोर देखिएको छ। यहाँ राप्रपाका ज्ञानबहादुर शाहीले ५४१ मत ल्याएर अगाडि हुँदा नेकपा नरेश भण्डारीले ४३५, कांग्रेसका दीपबहादुर शाही १५४, एमालेका शान्तिलाल महतले ७२ मत ल्याउँदा रास्वपाका विनीता कठायतले ९ मत मात्रै पाएकी छन् ।
सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्काले ७९६ मत ल्याएर अगाडि छन्। रास्वपाका टेकबहादुर सिंह ठकुरीले ५४५ मत ल्याएर पछ्याउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७, नेकपाका जितबहादुर राना ७७ मत ल्याएको छ । सुर्खेत २ मा एमालेका कुलमणि देवकोटाले ४७३ मत ल्याएर पहिलो स्थानमा छन्। यहाँ रास्वपाका रमेशकुमार सापकोटाले ३५३, कांग्रेसका नारायण कुमार कोइरालाले ३४१, नेकपाका झकबहादुर मल्लले २०६ मत पाएका छन् ।
दैलेख–१ मा ५१७१ मत गणना हुँदा कांग्रेसका वासना थापा १ हजार ९५९ मत ल्याएर अगाडि छन्। एमालेका रविन्द्रराज शर्माले १ हजार ४७५, रास्वपाका नन्दकिशोर बस्नेतले १ हजार २४, नेकपाका अमरबहादुर थापाले १२९, राप्रपाका रणबहादुर सिंहले ४९, नेकपा माओवादीका रामलाल विश्वकर्माले माओवादी ४० मत पाएका छन् । यहाँ दैलेखको २, सुर्खेतको २, सल्यान, जाजरकोट, रुकुम पश्चिम, मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा गरी १२ क्षेत्र रहेको छ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?