
काठमाडौं । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७८८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.७९ प्रतिशत अर्थात ४९.९८ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो ।
यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ८.७२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३.६४ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८५ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ७१ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ३.७६ प्रतिशत घटेको हो । गत साता ३९९९.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५०.२५ अंक घटेर ३८४९.४२ विन्दुमा झरेको छ । त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा कम ०.४४ प्रतिशत घटेको छ ।
अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २७८.३५ अंक घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना