
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरसँगै पाउण्ड र युरोको विनिमयदर पनि घटेको छ ।
राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३३ रुपैयँ ९९ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको थियो ।
त्यस्तै आज युरोको विनिमयदर पनि घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०२ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा पुगेको छ ।
मंगलबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९० पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएको छ । त्यस्तै कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७ रुपैयाँ २१ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५४ पैसा पुगेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू