
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
निर्वाचनमा खसेको कुल मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन् । मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् । विजयी हुने उमेदवारहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरेले जितेका छन् ।
४ जनाको भने मत बराबरी (५०–५० मत )भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् । वस्तुगत समूहका महिला सदस्यमा सुनिता न्हेम्हाफुकी बिजयी भइन ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना