
काठमाडौं । साताको तेस्रो कारोबारक दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक २५.०७अंकले बढेर २६७८.१७ को बिन्दुमा कायम भएको छ ।
आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख ९७ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कारोबार भएका सम्पूर्ण इन्डेक्समा हरियाली छाएको छ । मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज दुई कम्पनीको सेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक सेयर किनबेच भएको छ । अरुण कावेली पावरको ५३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह