स्वावलम्बन लघुवित्तको संस्थाप सेयर लिलाम बिक्रि, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५३ हजार कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरि लिलामीमा राखेको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ तोकिएको छ । यसमा आज जेठ २९ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिंदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण सेयर खरीद गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्र आवेदन फाराम काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार