
असार ३,काठमाडौ – नेपाल शेर्पा संघको सातौं महाधिवेशनबाट लाक्पा ठिले शेर्पा (हिमाली कान्छा) नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। सिन्धुपाल्चोक निवासी लाक्पा ठिले (हिमाली कान्छा)ले २१३ मत हासिल गर्दै विजयी भएका छन । प्रतिद्वन्द्वी तेन्जी शेर्पाले १४४ मत ल्याएका छन । लाक्पा ठिले शेर्पाले तेन्जी शेर्पालाई ६९ मतको अन्तरले पराजित गरेका हुन्।
सुरुमा सहमतिका लागि प्रयास भए पनि अन्ततः दुई प्यानलबीच प्रतिस्पर्धा हुने निर्णयपछि निर्वाचन भएको हो। लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न दुवै उम्मेदवार सहमत भएका थिए।
लाक्पा ठिले शेर्पालाई समाजवादी शेर्पा संघ (जसपा नेपाल सम्बद्ध) ले समर्थन जनाएको थियो ।उनी नेपाली कांग्रेस सम्बद्ध नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष समेत हुन्।
अर्कातर्फ, तेन्जी शेर्पालाई भने विभिन्न राजनीतिक धारका संगठनहरू माओवादी केन्द्रको शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, ने क पा एमालेको लोकतान्त्रिक शेर्पा संघ, जसपाको संघीय समाजवादी शेर्पा संघ, नेसपाको शेर्पा संघ (एकीकृत) लगायतका अन्य साना दलहरूले उनलाई समर्थन जनाएका थिए।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व