क्लब विश्व कप :रियलको सहज जित

काठमाडौं । रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ । आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा जाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३–१ ले हराएको हो ।

खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । जुड बेलिङहम, अर्डा गुलर र फेडेरिको भाल्भेर्देले गोल गरेपछि रियल समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । बेलिङहमले ३५ औँ मिनेटमा गोल गरे । पहिलो हाफको २ मिनेटअगाडि गुलरले गोल थपे । ७०औँ मिनेटमा कप्तान फेडेरिको भाल्भेर्देले ब्राहिम डायाजको क्रसलाई नजिकबाट गोल गर्दै टोलीको अग्रता बढाए ।

८० औं मिनेटमा एलियास मोन्टिएलले पाचुकाका लागि सान्त्वना गोल गरे । रियल पहिलो खेलमा बराबरीमा रोकिएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार