
काठमाडौं । नेपाली टोलिले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा अर्को फराकिलो जित निकालेको छ । अघिल्लो खेलमा पनि भारी अन्तरको जित निकालेको नेपालले आजको खेलमा पनि भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जितका लागि ३५९ रनको लक्ष्य सहिज जबाफि ब्याटिङमा आएको भुटानी टोलिले जम्मा ६० रन मात्रै बनाउन सक्यो । उसका लागि सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । भुटानको पारी ध्वस्त बनाउने क्रममा नेपालका कप्तान विपिन प्रसाद शर्मा एक्लैले ४ विकेट लिए । त्यस्तै सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट लिए । भुटानका अन्तिम नम्बरमा खेलाडी ब्याटिङका लागि मैदान नआउँदा नेपालीले ३२ ओभर ४ बलमा ९ विकेट लिएको अवस्थामा विजयी भएको हो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि रौनक श्रीवास्तबले १६८ रनको शतकीय पारी खेले । १७ रन जोड्दा २ ओपनर गुमाएको नेपालले त्यसपछि भने सम्मालिएर खेल्दै विशाल योगफल बनाउन सफल भएको थियो ।
नेपालका लागि रौनक बाहेक जोय थापाले नेपालका लागि ६१ रनको अविजित पारी खेले । त्यस्तै शिवान्शं बजगाईंले ५४ रनको योगदान दिए भने सुगम बुढाथोकीले पनि नेपालका लागि ३५ रनको योगदान दिए । यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । नेपालले अब फाइन प्रवेशका लागि अर्को समूहको उपविजेता मलेसियासँगै खेल्ने छ । समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न