
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको दिगो विकास र तीव्र आर्थिक वृद्धिका लागि निजी क्षेत्र तथा विदेशी लगानी अत्यावश्यक भएको बताएका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले राष्ट्रिय योजना आयोगलाई मुलुकको समग्र विकास योजनाको केन्द्रबिन्दु भएको बताए। उनले भने, ‘राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोच, योजना र अनुसन्धानमा काम गर्दै आएको छ र देशको विकास योजनामा मार्गनिर्देशन दिँदै आएको छ।’
प्रधानमन्त्री ओलीले सरकारी बजेट मात्रबाट अपेक्षित विकास सम्भव नभएकाले निजी क्षेत्र र वैदेशिक लगानीमार्फत थप स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘देशको राजस्व व्यवस्थापनमा दबाब परेको छ, सार्वजनिक ऋणसमेत बढ्दै गएको छ। यस्तो अवस्थामा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट राजस्व परिचालनमा सहयोग पुग्नेछ भने पूर्वाधार विकासका लागि स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण हुने छ।’
त्यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले लगानी बोर्डको आवश्यकता पनि औंल्याउँदै नेपालले आन्तरिक तथा बाह्य स्रोत परिचालन गरेर विकासको गति तीव्र पार्नुपर्नेमा जोड दिए।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो